- ADVERTISEMENT -

शक्तिशाली क्रोसा ताईफुका कारण जापानमा दुई जनाको मृत्यु

August 17, 2019
764
Shares
- ADVERTISEMENT -

जापान, ३२ साउन २०७६ । शक्तिशाली क्रोसा ताईफुका कारण जापानमा दुई जनाको मृत्यु भएको छ ।

ताईफुका कारण घाइते भएका ५१ जनामध्ये दुई जनाको निधन भएको र अझै ४९ जना घाइतेको उपचार भइरहेको जापानी समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

आपतकालीन उद्धारकर्ताहरुले जापानको मध्यभागनजिक भएर होक्काइदोतर्फ अघि बढेको ताईफुले शुक्रबार साँझबाट सो क्षेत्रमा गम्भीर असर पार्न सुरु गरेको बताएका छन् ।

तीव्र गतिको हावाहुरी र समुन्द्र किनारमा ठूलो छालसहित भारी मात्रामा पानी पार्ने भन्दै मौसम अधिकारीहरुले होक्काइदो क्षेत्रमा सजगता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार मध्यरातबाटै रेल, सडक यातायातसहित शनिबार अपरान्हसम्म हवाई उडानसमेत प्रभावित हुनसक्ने भएकाले मौसमबारे पूर्व जानकारी लिएर मात्र घरबाहिरको यात्रा गर्न अधिकारीहरुले सुझाएका छन् ।

केही स्थानमा बाढी र पहिरो समेत जाने भएकाले खोला तथा समुन्द्र किनार र पहाडी क्षेत्रमा सचेतता अपनाउन सूचना जारी गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -