- ADVERTISEMENT -

विश्वकप फुटबलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले करामत गर्न सक्ने : मोरिन्हो

May 8, 2018
1857
Shares
- ADVERTISEMENT -

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा पोर्चुगलले करामत गर्न सक्ने बताएका छन् ।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो टिममा भएपछि पोर्चुगलका लागि केही पनि असम्भव नहुने मोरिन्होले बताएका हुन् ।

इएसपिएन ब्राजिलसँगको कुराकानीमा युनाइटेडका प्रशिक्षक मोरिन्होले विश्वकप जित्ने प्रमुख टिमहरुको सूचिमा पोर्चुगल पनि रहेको र रोनाल्डो भएपछि असम्भव भन्ने कुरा केही नरहेको बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

५५ वर्षका मोरिन्हो पनि पोर्चुगिज नै हुन् । चेल्सी, रियल मड्रिड, इन्टर मिलान तथा पोर्टोका पूर्व प्रशिक्षक मोरिन्होले अहिलेसम्म पोर्चुगिज राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका छैनन् । तर उनी यो विश्वकपमा प्रतियोगिताको प्रमोशनका लागि रुस जाने छन् ।

मोरिन्होले पोर्चुगलसहित ब्राजिल, अर्जेन्टिना र स्पेन यसपटकको विश्वकप उपाधिका मुख्य दाबेदार रहेको पनि बताएका छन् ।

रोनाल्डो भएकाले आफ्नो देशको सम्भावना बलियो रहेको उनको भनाई छ । उनले भने, ‘पोर्चुगलको टिम चाख लाग्दो छ । रोनाल्डो बिना असम्भव छ, तर उनी भएपछि केही पनि असम्भव हुँदैन ।’

मोरिन्होले पोर्चुगल जस्तै अर्जेन्टिनाको टिम पनि चाख लाग्दो रहेको बताएका छन् । स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थितिले अर्जेन्टिनालाई पनि असम्भव रहित टिम बनाएको उनको भनाई छ । मोरिन्होले भने, ‘मेस्सी बिना अर्जेन्टिना उपाधि दाबेदार हुँदैन । तर उनी भएपछि प्रमुख दाबेदार बन्छ ।’

यस्तै ब्राजिलको टिम रणनीतिक तथा मानसिक रुपले निकै राम्रो रहेको र उसको संरचना निकै मन पर्ने मोरिन्होको भनाई छ । यस्तै स्पेन सधैँ जस्तै पूर्ण रुपले र सबै रुपले वास्तविक फुटबल टिम रहेको र यसले स्पेनलाई फेरि एक पटक उपाधि दाबेदारको रुपमा ल्याएको बताएका छन् । देशसञ्चारबाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -