- ADVERTISEMENT -

विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव,

June 24, 2018
2387
Shares
- ADVERTISEMENT -

                                                                       काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो ।

छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक हो भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले परराष्ट्र सेवालाई समावेशी बनाउन बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारलाई कुनै मुलुकप्रति नजिक नभई राष्ट्रवादीरुपमा काम गर्न आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

छलफलमा विमलप्रसाद श्रीवास्तव, लालबहादुर थापा, सत्यनारायण खनाल, यज्ञबहादुर बोगटीलगायतले भाग लिनुभएको थियो । ती मन्त्रालयमाथिको छलफल आगामी बैठकमा जारी रहनेछ ।

सभामुख कृष्णबहादुर महराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको छलफल यही असार ११ गतेको बैठकमा हुने जानकारी गराउनुभयो । अर्काे बैठक असार ११ गते सोमबार बिहान ११ बजे बस्नेछ । (रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -