- ADVERTISEMENT -

विदेशीएका नेपालीको यर्थाथ कथा “सेतो साडि” सार्वजनिक ।

December 16, 2018
1774
Shares
- ADVERTISEMENT -

काठमाडौं,१ पौष २०७५ । झण्डै १० बर्ष विदेशमा श्रम गरेका सर्जक जितेन्द्र बानियाँको यथार्थ परक गीत सेतो साडिमा आज एक समारोहका बीच काठमाडौंमा विमोचन गरिएको छ ।

विदेशमा श्रम गर्न बाध्य नेपालीहरु र उहाँहरुमा आश्रीत परिवारको कथा ब्यथा समेटिएको गीतको म्युजिक भिडियो राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, बरिष्ठ संगीतकार राजु सिंह, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकाली लगायतका श्रष्ठाले सार्वजनिक गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उक्त विमोचन कार्यक्रममा बोल्दै, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले गीतले विदेशिएका धेरै नेपालीको पिडा समेटेको भन्दै, स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस भन्ने मर्मलाई उठाएको बताउनु भयो ।

त्यसैगरी, बरिष्ठ संगीतकार राजु सिंहले बाध्यताले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पिडालाई गीत र भिडियो मार्फत उकृष्ट ढंगले पस्किएको भन्दै प्रशंसा गर्नुभयो ।

त्यसैगरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकालीले नेपालीहरुको परदेशिनु पर्ने बाध्यता र त्यसले ल्याएको नकरात्मक पक्षबारे चर्चा गर्नुभयो ।

कोठे क्रियशनको प्रस्तुतिमा जितेन्द्र बाँनियाको सेतो साडिमा गीतमा गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको संगीत सुन्न सक्नु हुनेछ

राजेश पुमाराईको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियामा बरिष्ठ कलाकार सुरविर पण्डित, तथा नायीका सुनिशा बजगाईं र प्रविण केसीको उत्कृष्ट अभिनय रहेको छ

उत्सव दाहालको छ्याङ्कन रहेको भिडियोको सम्पादन विकाश दाहालले गर्नु भएको हो ।

सर्जक जितेन्द्र बानियाँ झण्डै १० बर्ष कोरियामा श्रम गरेर फर्किएर पुन गीत संगीत र साहित्यमा सक्रिय हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -