- ADVERTISEMENT -

वामदेवलाई संसदमा पुर्‍याउनु लोकतन्त्रको भ्रष्टीकरण र राजनीतिक अनिष्टताको संकेत हो: बाबुराम

October 11, 2018
1651
Shares
- ADVERTISEMENT -

काठमाडौं, असोज २५ । नेकपाका नेता वामदेव गौतमलाई ०६४ को संविधानसभा चुनाव हारेर पनि उपप्रधान तथा गृहमन्त्री बन्ने ‘सौभाग्य’ प्राप्त भएको थियो । यसपटक भने देशैभर वाम लहर चल्दै गर्दा उनले बर्दिया–१ बाट नमीठो पराजय बेहोर्नुपर्‍यो । त्यसले उनलाई राजनीतिको उत्तराद्र्धमा सत्ता–शक्ति र संसद्बाहिर पारिदियो ।

तर, गौतमको सांसद आकांक्षा यत्तिमै रोकिएन । निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचनबाटै भए पनि उनी प्रतिनिधिसभा छिर्ने योजनामा छन् ।

- ADVERTISEMENT -

Advertisement

नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

उनले सामजिक संजाल ट्वीटरमार्फत लेखेका छन् : काठमाण्डौ-७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो।वेलैमा होश पुर्याऔं!दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं!

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -