- ADVERTISEMENT -

वादोरियो टोली भारत जाँदै

December 29, 2018
766
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ पौष २०७५ । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली शनिबार भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गर्दै छ ।

प्रतियोगिताको पुरुष ५० केजीमुनि विकबहादुर थामी, ६० केजीमुनि निरज गौतम, ७० केजीमुनि राजु बुढाथोकी, ७५ केजीमुनि जिलेदार थारू, ८० केजीमुनि विशाल खड्गी र ३५ केजीमुनि अजय तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमुनि गरिमा गिरी तथा ४५ केजीमुनि सीमा राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडी जिलेदार भने बिहीबारै नेपालगन्जबाट अहमदाबाद प्रस्थान गरेको बताइएको छ । प्रशिक्षकमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी तथा व्यवस्थापकमा नेत्रबहादुर भुजेल रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

३० देखि ३१ डिसेम्बरसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेलले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -