- ADVERTISEMENT -

वाइडबडीमा देउवामाथी पनि छानविनको माग किन गर्दैछन् कांग्रेसका शिर्षस्थ नेताहरु

January 16, 2019
1038
Shares
- ADVERTISEMENT -

काठमाडौं, माघ २

नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा सभापति शेरबहादुर देउवामाथि पनि छानबिन हुनुपर्ने आवाज नेपाली कांग्रेस भित्रैबाट उठ्न थालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू रामशरण महत, प्रदिप पौडेल लगायतले सार्वजनिक कार्यक्रममै सभापति देउवामाथि पनि छानबिन हुनुपर्ने अवाज उठाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सभापति देउवाले आफ्नो कुनै संलग्नता नरहेको र सत्तारूढ दलले भ्रम फैलाउन लागेको आरोप लागेका बेला कांग्रेसकै नेताहरूले छानबिनको माग गरेका हुन् । सार्वजनिक लेखा समितिले तत्कालीन मन्त्रीहरूलाई पनि दोषी ठहर गरेपछि देउवा पनि मुछिएका छन् । पहिलोपटक भुक्तानी दिँदा उनले नै संस्कृति तथा पर्यटन मन्त्रालय सम्हालेका थिए । निगमले पहिलो भुक्तानी २०७४ जेष्ठ २९ गते दिँदा देउवा प्रधानमन्त्री हुँदै सोही मन्त्रालय सम्हालेको ५ दिन भएको थियो ।

तर, लेखा समितिले त्यसबेला मन्त्री नभएका जितेन्द्रदेवलाई दोषी ठहर गरेको थियो । तर, रेकर्डमा हेर्दा त्यसबेला देउवाले नै सो मन्त्रालय सम्हालेको खुलेपछि उपसमितिको प्रतिवेदन गलत रहेको देखिएको थियो । सो विषयमा उपसमितिमा रहेका सदस्यहरूले पनि पर्यटन मन्त्रालयले गलत विवरण दिएकाले जितेन्द्रदेवको नाम परेको बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यसविषयमा चौतर्फी दबाब परेपछि केही दिन पहिला धनगढी पुगेका सभापति देउवाले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभयो । उहाले वाइडबडी खरिद प्रक्रिया अगाडि बढाउँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नै त्यसबेला प्रधानमन्त्री रहेको र सम्झौता हुँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको भन्दै आपूmलाई बदनाम गराउन मात्र लागेको बताउनु भयो । उहाले त्यसबेला आफूले १९ वटा मन्त्रालय सम्हालेको र यस विषयमा कुनै पनि जानकारी वा निर्णय आपूmले नगरेको स्पष्टीकरण दिनु भएको छ ।

तर, देउवाको स्पष्टीकरणबाट कांग्रेसकै नेताहरू खुस नदेखिएको उहाहरूको अभिव्यक्तिबाट देखिएको छ । वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमै छानविन गरेपछि मात्र देउवाको संलग्नता रहे नरहेको खुल्ने अभिव्यक्ति दिनु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार एक पत्रकार सम्मेलन गर्दै नेता पौडेलले वाइडबडी खरिद प्रकरणमा देउवाको संलग्नताबारे छानबिनपछि मात्रै जानकारी हुने बताउनु भयो । उहाले यसबारेमा थप जान्न छानबिन समिति र सरकारलाई सोध्न आग्रह समेत गर्नुभयो । ‘मैले थाहा पाउने कुरा भएन, हेर्ने मान्छेहरूलाई नै सोध्नुहोला’, उहाले भन्नुभयो ।

कांग्रेसका अर्का नेता डा.रामशरण महतले वाइडबडी जहाज खरिदमा देउवा दोषी भएमा पनि कारबाही हुनुपर्ने माग गर्नुभयो । उहाले त्यो अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन रुकुम पश्चिमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा उहाले कांग्रेस सभापतिमाथि आरोप लागेको र छानबिनपछि वास्तविकताबाहिर आउने बताउनु भयो । ‘आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथि पनि कारबाही हुन्छ’, डा. महतले भन्नुभयो ।

अर्का नेता प्रदिप पौडेलले पनि देउवामाथी पनि छानविन हुनुपर्ने बताउनु भयो । उहाले आरोप लागेपछि त्यसको सत्यतथ्य छानविन हुनुपर्ने माग अगाडी सार्नुभयो ।
लेखा समितिले वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोडबढि अनियमितता भएको आरोप लगाउदै तीन मन्त्रीसहित ३४ जना पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -