- ADVERTISEMENT -

लोपोन्मुख जडीबुटी संरक्षण गरिँदै

September 3, 2018
1732
Shares
- ADVERTISEMENT -

लमजुङ, भाद्र१८ गते सोमबार । लमजुङका किसान लोपोन्मुख जडीबुटीको संरक्षणमा लागेका छन् । उनीहरूले लेक तथा बाहिरी जिल्लाबाट विभिन्न प्रकारका जडीबुटीको बीउ ल्याएर नर्सरी स्थापना गरी खेती गर्न थालेका छन् ।

क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङको सामुदायिक वनमा जडीबुटी नर्सरी तथा बगैँचा निर्माण गरिएको छ । कोम्रो सामुदायिक वन र हिमालयन हव सेन्टरको सहकार्यमा जडीबुटी खेती गर्न थालिएको सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार १० रोपनी जग्गामा जडीबुटीको नर्सरी र १५ रोपनी जग्गामा बगैँचा बनाइएको छ । गतवर्षको जेठबाट बीउ जमाउन थालेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नर्सरीमा लौठसल्लाको १८ हजार बिरुवा, तेजपात चार हजार, सतुवा दुई हजार, पाँचऔले, धसिङ्ग्रे, सुगन्धवाल, अस्वगन्ध, टिमुर, कुरिलो, जैतुन, अक्करकाँडालगायतको २५ थरीका जडीबुटीका ४० हजार बिरुवा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिरुवा हुर्कंदै गएको छ । आउँदो हिउँदबाट बिरुवा बेच्न सकिनेछ । बगैँचामा लौठसल्ला, चुत्रो, चिराइतो, सतुवा, अस्वगन्ध, सुगन्धवाल, घाँसमा किन्बु, बकाइनो, खनियो, काठमा सतिसाल, विजयसाल, नगदेबालीमा कफिलगायतका दुई हजार बिरुवा छन् । उहाँकाअनुसार यो बिक्री गर्न मिल्दैन । ‘नर्सरीमा भएको जति बिक्री गर्छौं तर बगैँचामा राखिएका बिरुवा अरूलाई बिरुवाको जानकारीका लागि हो ।

- ADVERTISEMENT -

Advertisement

जान्न बुझ्न चाहनेका लागि हामीले बिरुवा राखेका छौँ’ उहाँले भन्नुभयो । जडीबुटी लोपोन्मुख हुँदै गएपछि स्थानीयको सक्रियतामा जडीबुटी संरक्षण अभियान थालिएको उहाँले बताउनुभयो । स्थानीय, सामुदायिक वन र हिमालयन हव सेन्टरले जडीबुटीको संरक्षण गर्न थालेको हो । ‘जडीबुटी हराउँदै गयो । देखिन पनि मुस्किल छ । भावी सन्ततीले जडीबुटी कस्तो हुन्छ भनेर सोद्धा हामीले जवाफ दिन नसक्ने अवस्था आउला जस्तो भयो । त्यसैले हामीले संरक्षण गर्न थालेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार गतवर्ष १२ लाख रुपियाँ र यो वर्ष चार लाख रुपियाँ गरी १८ लाख रुपियाँ लगानी भएको छ । बीउ खरिद, टनेल निर्माण, टहरो, तारजालीलगायतका भौतिक पूर्वाधार निर्माण, जग्गा व्यवस्थापनमा लगानी भएको उहाँले बताउनुभयो । गाउँमाथिको लेकबाट र गाउँलेले खोजेर ल्याएका बिरुवा खरिद गरिएको छ । केही जिल्ला बाहिरबाटसमेत ल्याइएको छ ।

कोम्रो सामुदायिक वनका अध्यक्ष पसबहादुर गुरुङले त्यस क्षेत्रमा जडीबुटी पाइने भए पनि हराउँदै गएपछि यसको संरक्षणका लागि हिमालयन हव सेन्टरको सहकार्यमा जडीबुटी संरक्षणमा जुटेको बताउनुभयो । ‘जडीबुटी फूल नफूल्दै निकाल्छन् अनि मासिन्छ । यसको संरक्षणको आवश्यता ठानौँ । हामीले जडीबुटी संरक्षणका लागि खेती गर्न थालेका छौँ’ उहाँले भन्नुभयो । उत्पादनको तीन प्रतिशत सामुदायिक वनलाई दिने गरी सामुदायिक वनमा खेती गरिएको हो ।

उहाँका अनुसार जमाएको दुई वर्षपछि बिरुवा बिक्री गर्न सकिनेछ । डिभिजन वन कार्यालय लमजुङका डिभिजनल वन अधिकृत मोहन काफ्लेकाअनुसार जडीबुटी खेतीका लागि सहयोग गर्दै आएको बताउनुभयो । यो वर्ष मात्रै बिरुवा उत्पादन, नर्सरी निर्माण, बिरुवा खरिदका लागि पौने नौ लाख रुपियाँ सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको मस्र्याङ्दी गाउँपालिका ५, घेर्मुको उपल्लो चिप्लामा पनि दुई हजार लौठसल्लाका बिरुवा उत्पादन गरी खेती गर्न थालिएको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -