- ADVERTISEMENT -

लोकप्रिय मोडेल सुनिल लामिछानेलाई पपुलर मोडल अफ दि इयर लोकदोहोरी अवार्ड

January 27, 2021
907
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार १४ माघ २०७७ । सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ ।

क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए ।

- ADVERTISEMENT -

Advertisement

गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् ।

त्यसैगरी, यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो ।

गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

त्यसैगरी, लोकदोहोरी तर्फ पपुलर मोडल अफ दि इयरको अवार्ड भने लोकप्रिय मोडेल सुनिल लामिछाने ९ढुंगाको मुटु० ले जिते ।

उनले आफुले अवार्ड जितेपछि फेसवुकमार्फत सबैलाई धन्यवाद दिएका छन्, उनले लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -