- ADVERTISEMENT -

लैनचौरस्थित भारतीय राजदूतावास जाने सडक अगाडि प्रदर्शन

November 8, 2019
663
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ कात्तिक २०७६ । भारतले यही आइतवार सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विरोधमा विद्यार्थीसहितका समूहले लैनचौरमा आज प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान ११ बजेदेखि लैनचौरस्थित भारतीय राजदूतावास जाने सडक अगाडि जम्मा भएका सयौँ विद्यार्थी र अन्य समूहले प्रदर्शन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनमा राष्ट्रवादी समूह, अनेरास्ववियुसम्वद्ध विद्यार्थी र अन्य युवाहरु सहभागी भएका थिए । उनीहरुले राष्ट्रिय झण्डा बोकेर भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, कालापानी हाम्रो, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए ।

भारतविरुद्ध मंगलबारदेखि सुरु विरोधका कार्यक्रम काठमाडौंसहित देशभर चर्किँदै गएका छन् । सरकाले पनि भारतीय नक्साको विरोध जनाइसकेको छ ।

तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिशकुमारले भने भारतले नेपालको कुनै पनि भूभाग नमिचेको जिकिर गर्दै केही स्वार्थी तत्वहरुले विवाद झिक्न खोेजेको दाबी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -