- ADVERTISEMENT -

राष्ट्रिय बाणिज्य बैंकको गोरखा शाखा खुल्ने

October 26, 2019
1361
Shares
- ADVERTISEMENT -

गोरखा ९ कात्तिक २०७६  । राष्ट्रिय बाणिज्य बैंक जिल्ला शाखा गोरखाले आइतबार (भोली) सार्वजनिक बिदाको दिनसमेत बैंकबाट सेवा प्रदान गर्ने भएको छ । बैकले आज एक सूचना प्रकाशन गरि सार्वजनिक बिदाको दिन समेत बैंकको गोरखा शाखाबाट सेवा प्रदान गर्न लागिएको बैकका साहायक प्रबन्धक सुजन क्यापछाकी मगर जानकारी दिनुभयो ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै बैकले आईतबार भोली अन्य समय जस्तै सेवा दिन लागेको उहाँले बताउनुभयो । राष्ट्रिय बाणिज्य बैकले गोरखा सहित उपत्यका बाहिरका बिर्तामोड, इटहरी, बरगाछी, जनकपुर, बिरगन्ज, नारायणगढ, बनेपा, कुस्मा, बेशिशहर, महेन्दपुल, बुटवल,  कावासोतीबाट सेवा प्रदान गर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै तुलसीपुर, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रगरमा रहेको शाखाबाट पनि बिदाको दिन सेवा दिने बैंकले जनाएको छ । त्यस्तै ११ गतेदेखि १३ गतेसम्मको सार्वजनिक बिदाको दिनमा बैंकको काठमाण्डौ स्थित बानेश्वरमा रहेको शाखा र पोखराको महेन्द्रपुलमा रहेको शाखाबाट नियमित सेवा दिने जनाएको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -