- ADVERTISEMENT -

रोम लामा ब्लेन्देनको “गोरी गोरी” तामाङ्ग गितको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक

September 9, 2019
1056
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २३ भाद्र २०७५ । गायक रोम लामा ब्लेन्देनको ‘गोरी गोरी’ गित यूट्युब मार्फत सार्वजनिक गरिएको छ ।

प्रदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र कलाको जगेर्ना गर्ने उदेश्य लिएर हिडेका गायक रोम लामा ब्लेन्देनले निरन्तर तामाङ्ग भाषाको म्युजिक भिडियो बजारमा लिएर आउनु भएको छ । यसै क्रमलाई निरन्तरता दिदै फेरी अर्को एउटा आशा लाग्दो “गोरी गोरी ” तामाङ्ग गीत दामीज नुवाकोट यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

“गोरी गोरी पन्ग्बल त” गितमा गायक रोम लामा ब्लेन्देन र म्हेंदोमायाकी चर्चित गायिका टीकामाया चोतेनको अवाज रहेको छ । यो गित अरु भन्दा अलिक फरक धारमा बनेको छ । गीतलाई अहिलेका युवा पुस्ताले मनपराउनेमा गायक लामा आशाबादी हुनु भएको छ ।

उक्त गीतमाशब्द सबिना तामाङ्गको, संगीत मिना लामाको, एरेन्ज अमृत ल्वागुनको र मिक्सिङ्ग डीका गुरुङको रहेको छ.।

भिडियोमा चर्चित मोडेल जोहन राई र नयाँ अनुहार संगीता लामाको दमदार अभिनय र डान्स रहेको छ । भिडियोमा निर्देशन सुनिता वाइबाको रहेको छ ।

कोरियोग्राफी जोन राइको, क्यामरामा संचु थोक्कर र जनकराज अधिकारीको रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला र उक्त भिडियो लाई सेयर गरिदिनुहोला यदि हजुरहरुलाइ मन परेमा धन्यवाद |

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -