- ADVERTISEMENT -

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सर्वोच्चको अपहेलना गर्दै बालकृष्ण ढुंगेललाई कैद माफी

May 29, 2018
1583
Shares
- ADVERTISEMENT -

१५ जेठ, काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

बालकृष्ण ढुंगेलको रिहाइलाई चुनौती दिँदै सर्वोच्चमा ठीक ११ बजे सुरु हुने भनेको बहसलाई सरकारले अर्थहिन तुल्याएको छ । असल चालचलन भएका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्ने व्यवस्था अनुसार कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय पाएका ढुंगेललाई सरकारले मंगलबार सर्वोच्चमा सुनुवाई सुरु हुनु भन्दा ठीक दुई घण्टा अघि (बिहान ९ बजेतिर) नै रिहा गरेको छ । यसले राष्ट्रपति र प्रधानमन्त्री सर्वोच्चको सुनुवाई अर्थहिन बनाउन लागेको देखिएको छ । संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिको सिफारिसमा ढुंगल  रिहा हुने भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

ढुंगेलको रिहाको विरोधमा सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको थियो । तर उनी मंगलबार सुनुवाई सुरु हुनु भन्दा अघि नै छुटेका हुन् । सोमबार न्यायाधीश मीरा खडका र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा कानुन व्यवसायीको बहस लम्बिँदा सुनुवाई हेर्दाहेर्दैमा रोकिएको हो ।

सुनुवाई हेर्दाहेर्दैमा रोकिए पनि इजलासले कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिसको सक्कल फाइल झिकाउने आदेश दिएको छ । मगंलबार खडका र मोक्तानको इजलासमा रिटको सुनुवाइ हुनेछ । यसअघि रिटको सुनुवाई गर्दै सर्वोच्चले गएको शुक्रबार कारण देखाउ आदेश जारी गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीले सजाय माफी पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -