- ADVERTISEMENT -

रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति

December 5, 2019
667
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ मंसिर २०७६ । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार (१८ मंसिर) आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने कलात्मक मयूर झ्याल उपहार दिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जीर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवालाई प्रयोग गर्नका लागि नेपाली सेनाले पुऱ्याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिइएको हो । सोही अवसरमा नेपाली सेनाबाट पनि भक्तपुर नगरपालिकालाई धन्यवाद स्वरुप सम्झनाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्‍न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं सम्वर्द्धन गरी नागरिक सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नका लागि विभिन्‍न कार्यहरु भइरहेको बताए । नेपाली सेनाले पुराना ऐतिहासिक सम्पदा तथा इतिहासहरुको जगेर्ना गरी त्यसबारे राष्ट्रिय सेवादल तालिममार्फत् नयाँ पुस्तालाई जानकारी गराउँदै आएको उल्लेख गर्दै वातावरण तथा पर्यावरण संरक्षणका लागि समेत भक्तपुर नगरपालिकाले केही कार्यक्रम ल्याएमा सहकार्य गर्न नेपाली सेना तयार रहेको प्रधानसेनापतिको भनाई थियो ।

यस्तै, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाली सेनाले कला, सस्कृतिले भरिपूर्ण भक्तपुरको जीर्ण अवस्थामा रहेको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार र संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेकोले जनता र सेनाबीचको सम्बन्धले नयाँ उचार्इ लिएको बताए । २०७२ सालको विनासकारी भूकम्पमा भक्तपुरमा नेपाली सेनाले गरेको उद्दार लगायत कार्यको प्रशंसा गर्दै उनले विपद्को बेला नागरिकहरुलाई कसरी जोगाउन सकिन्छ भनी हाल नेपाली सेनासँगको सहकार्यमा भक्तपुरका १२२ जना युवालाई विपद् व्यवस्थापन तथा उद्दारसम्बन्धी तालिम प्रदान गरिएकोले यस्ता कार्यहरुले जनता र सेनाबीचको सुमधुर सम्बन्धले निरन्तरता पाउने धारणा राखे ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाले प्रधानसेनापतिको ‘कमाण्ड मार्गनिर्देशन २०७५ मा निर्दिष्ट लक्ष्यअनुसार नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने तथा नेपाली संस्कृति र परम्परा प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि देशका विभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै आइरहेको छ । सो कार्यको निरन्तरतास्वरुप भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार तथा संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेको र यस प्रकारको कार्यबाट नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुँदै जाने नेपाली सेनाले विश्वास लिएको छ ।

ज्ञातव्य छ, नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो हो । लामो समयदेखि जीर्ण अवस्थामा रहेको भक्तपुरको सो रानीपोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको तथा वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो भएकाले २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणका साथै सर्वसाधारण जनताका लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि उत्खनन एवं जीर्णोद्धार शुरु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -