- ADVERTISEMENT -

राजु परियार र टिका पुनको स्वरमा तिज गीत ‘आँगनीमा (भिडियोसहित)

July 24, 2020
952
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, ९ साउन २०७७ । राजु परियार र टिका पुनको स्वरमा कौशल बलायरको तिज गीत ‘आँगनीमा’ सार्वजनिक गरिएको छ ।

चर्चित गायक गायिका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तिज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।

- ADVERTISEMENT -

Advertisement

डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनी मा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको छ । पाशर्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका के सी , चक्र बम, रश्मि भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रतालाले गरेका छन् ।

सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोश राजबाहक को रहेको छ । श्रृङ्गार माहि सिङले गरेकी छन् ।

बिग परिवेश रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -