- ADVERTISEMENT -

योग के हो ? योगका फाइदा…..

February 29, 2020
2320
Shares
- ADVERTISEMENT -

दुर्गा कार्की

शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

- ADVERTISEMENT -

Advertisement

योग किन गर्ने ?

 योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन् । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।

 योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ ।

 बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ । त्यसैले, शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।

 योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् । शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।

 स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो ।

 तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।

 उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन ।

 शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।

 हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । बढीमा एकदेखि डेढ घन्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।

 बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण छ ।

योगका फाइदा

योगले शरीरका लगभग हरेक अङ्ग तथा प्रणालीलाई चाहिने मात्रामा शान्त वा सक्रिय पार्नुका साथै ऊर्जावान्, बलियो बनाउँछ । हाडजोर्नी, मांसपेशी, फोक्सो, मुटु, कलेजो, मृगौला, फियो, मस्तिष्क तथा स्नायु, रक्तनली, अन्तःस्रावी ग्रन्थि, यौन–प्रजननांग, छाला, पाचन–निष्कासनका भागहरु आदिलाई सक्रिय, बलियो र स्वस्थ बनाउन सघाउँछ ।

योगले मनलाई संयमित, एकाग्र र सुदृढ बनाउनुका साथै स्मरण क्षमता वृद्धि गर्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा रोगप्रतिरोधक क्षमता बढ्ने, नसर्ने रोगहरूको जोखिम कम हुने वा मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी, पिनास, एलर्जिक राइनाइटिस, गलग्रन्थि रोग लागिसकेको भए पनि नियन्त्रणमा सहयोग गर्ने काम योगले गर्दछ ।

योगले मनमा एकाग्रता, शान्ति, आनन्द, उमंग, उत्साह र उर्जा एवं चेतनाको जागरण गर्छ । मानसिक समस्याहरूको व्यवस्थापनमा योगले सकारात्मक भूमिका खेल्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -