- ADVERTISEMENT -

युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छः पूर्वस्वास्थ्यमन्त्री थापा

September 29, 2018
1387
Shares
- ADVERTISEMENT -

काठमाडौँ , १३ असोज २०७५ । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्व रुप सम्मको वाकाथन’पछि कोणसभामा पूर्वमन्त्री थापाले ‘खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ।’

- ADVERTISEMENT -

Advertisement

पूर्व-स्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

‘नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफैँको हो’ उहाले थप्नुभयो । पूर्व-स्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

स्वस्थ्य नागरिक बिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -