- ADVERTISEMENT -

‘मेरी उनीलाई’ ग्लोबल आइएमई बैंकको योजना

September 28, 2020
654
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, १२ असोज २०७७ । महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्धती खाता योजना सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ मुद्धती योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदानगर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्धती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्धती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाखभन्दा बढी रकमको मुद्धती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजनाअन्तर्गत मुद्धती खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुने बैंकले जनाएको छ भने निश्चित रकमसहित मुद्धती खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।

यो मुद्धती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको उसले बताएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -