- ADVERTISEMENT -

मेयर रेनु दाहालले पत्रकार पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील

August 22, 2019
926
Shares
- ADVERTISEMENT -

चितवन, ५ भाद्र २०७६ । भरतपुर महानगरपालिकाकी मेयर  रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी छन् ।

आज बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी छन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्र विरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद् घटना भएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद विषय हो । अस्भाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -