- ADVERTISEMENT -

मिस गुरुङ इन्टरनेशनल उपाधि बिनु गुरुङलाई

September 15, 2019
671
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २०७६ साल भाद्र २९ गते आइतबार । मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छिन् ।

काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि बाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण को उपाधि बिनुले जित्न सफल भएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि उचालेकी हुन् ।

त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन् ।

मल्टिमिडियाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन । विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् ।

इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धिरुले छनोट चरणमा सहभागिता जनाएका थिए ।

मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा  फेसन एण्ड प्रोडक्सन रहेको थियो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -