- ADVERTISEMENT -

मिस गुरुङ इन्टरनेशनलको सिजन ३ छनौट प्रक्रिया समापन

August 4, 2019
645
Shares
- ADVERTISEMENT -

ललितपुर, २०७६ साल साउन १९ गते आइतबार । मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा।लि द्वारा आयोजित  मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट प्रक्रिया समाप्त भएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्पर्धीहरुले सहभागिता जनाउनु भएको थियो ।

आगामी भदौ २८ गते प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरणबाट देशैभरिबाट गरि जम्मा ४० योग्य प्रतियोगिलाई अवसर प्रदान गरिने छ । छनोट भएका ४० प्रतियोगिलाई १ महिनासम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासंग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरीने आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन् । ५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबारको पुरस्कार व्यवस्था गरिएको आयोजकले जानकारी दिनु भयो ।

मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि एण्ड बि ईभेन्ट मेनिया प्रा लि ले गरेको छ ।

भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि एण्ड बि कि बिधा भट्टराईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -