- ADVERTISEMENT -

माघको पहिलो साता नेकपाको कार्यदलले एकता टुग्याउने तयारी

January 11, 2019
674
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुष २७

नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि गठित कार्यदलले छिट्टै एकताको बाँकी प्रक्रिया टुंगो लगाउने भएको छ । तिव्र तयारीकासाथ काम गरिरहेको कार्यदलले काम अन्तिम चरणमा पुगेको बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यदलका सदस्य एंव गृहमन्त्री रामबहादुर थापाले पार्टीको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने जानकारी दिनुभयो । नेकपा पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा उहाले पार्टी एकिकरणको बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताउनु भयो । उहाले माघको पहिलो सातासम्ममा एकता पक्रिया टुंगोमा पुग्ने दावि गर्नुभयो ।

कार्यक्रममा मन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याएरै छाडने प्रतिबद्धता जनाए । सरकार अन्याय गर्न नभई अन्यायको अन्त्यको लागि बनेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -