- ADVERTISEMENT -

महा-समिति बैठकसँगै महाधिवेशनको गृहकार्यमा जुट्यो काँग्रेस

August 23, 2018
2204
Shares
g]sf ;+;bLo bnsf] a}7s l;+xb/af/df a'waf/ a;]sf] g]kfnL sfFu|]; ;+;bLo bnsf] a}7sdf bnsf g]tf Pj+ ;efklt z]/axfb'/ b]pjfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
- ADVERTISEMENT -

काठमाडौँ, ७ भदौ, २०७५ । डेढ वर्षपछि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएपछि काँग्रेसमा अहिलेबाटै नयाँ नेतृत्वबारे बहस सुरु भएको छ । पछिल्लो पटक यो बहस सुरु भएसँगै गत निर्वाचनलगत्तै नेतृत्व परिवर्तनको आवाज उठेको काँग्रेसमा अबको नेतृत्व कसले हत्याउला ? भन्ने चासो र चर्चा बढ्दै गएको छ ।

तीन नेता मैदानमा

- ADVERTISEMENT -

Advertisement

अबको काँग्रेस सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला मैदान नछोड्ने मनस्थितिमा छन् ।

काँग्रेस नेताहरूका अनुसार देउवा, पौडेल र कोइराला तीनै जना नेताहरू नेतृत्व हत्याउन आआफ्नो तयारीलाई घनिभूत बनाउन व्यस्त छन् ।

‘तीनै जना नेताहरूले सहमतिमै सभापति छनोट गर्नुपर्छ भनेर बाहिर भन्ने गरे पनि आफै हुनुपर्ने भित्री मानसिकता छ । यो मानसिकताले गर्दा सहमतिभन्दा पनि आफ्नो समूह बलियो बनाउने काम भइरहेको छ’, एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने ‘देउवाजी सकभर आफै, नभए आफू अनुकूलको उम्मेदवारको खोजीमा हुनुहुन्छ । पौडेलजी उमेरले छेक्दैन भन्दै हुनुहुन्छ । उता, शशांक म त कोइराला परिवारको उत्तराधिकारी भन्दै हुनुहुन्छ । यो अवस्था हेर्दा तीनै जना सभापतिको मैदान छोड्न तयार छैैनन् ।’

विरासत कोइराला परिवारमै ल्याउने

काँग्रेस भन्ने वित्तिकै कोइराला परिवारको नाम जोडिन्छ । बीपीदेखि सुशील कोइरालासम्मले काँग्रेसको लामो नेतृत्व गरिसेका छन् । सुशील कोइरालाको निधनपछि भएको महाधिवेशनमार्फत काँग्रेसको नेतृत्व देउवाले पाएका थिए । काँग्रेसको नेतृत्व देउवामा गएपछि काँग्रेसमा कोइरालाको ‘लिगेसी’ मेटिन लागेको भन्दै कोइराला परिवारमा एक किसिमको चिन्ता उत्पन्न हुँदै आएको थियो । यही चिन्ताका बीच पछिल्लो समय काँग्रेसका महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरला र नेतृ सुजाता कोइरालाबीच एकताको सन्देश दिन र पकड कायमै छ भन्ने देखाउन सामूहिक तस्बिर खिचेर सार्वजनिक हुँदै आएका छन् । यति मात्रै होइन, महामन्त्री शशांक कोइरालाले त गत शनिबार विराटनगर पुगेर सभापति देउवाको व्यवहार र कार्यशैलीको कडा आलोचना नै गरे । उनले अब हुने १४औँ महाधिवेशनमार्फत कोइराला परिवारले काँग्रेसको नेतृत्व गर्नेसमेत बताए ।

उनले विराटनगरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भनेका थिए– ‘सभापति देउवा एक्लै हिँड्न खोज्नुभयो । मैले भनेको कुरासमेत सुन्न छाड्नुभयो । यसले पार्टीलाई राम्रो गर्दैन ।’ यसअघि देउवा नजिक भनिएका कोइरालाले १३औं महाधिवेशनपछि देउवाको आलोचना गरेको यो नै पहिलो पटक हो । विराटनगरमा शशांकले देउवाको आलोचना मात्रै गरेनन्, आगामी महाधिवेशनमार्फत कोइराला परिवारले नेतृत्वको दाबी नछोड्ने प्रष्ट सङ्केत पनि गरे । ‘अहिले नै सभापतिको उम्मेदवार को भन्ने त निश्चित भएको छैन तर हामी सल्लाह गर्दैछौँ । शेखर ‘दा’ वा म को उम्मेदवार बन्ने भन्नेमा छलफल भइरहेको छ’, शशांकले सँगै रहेका दाइ शेखर कोइरालाप्रति प्रष्ट सङ्केत गर्दै भनेका थिए । शशांकको यो अभिव्यक्ति आएसँगै देउवा समूहमा खैलाबैला मच्चिएको बताइन्छ ।

पकड गुमाउँदै देउवा

१३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले अहिलेसम्मको कार्यकालमा पार्टीको विधि विधानको बेवास्ता गरेको तथा पार्टीलाई संस्थागतभन्दा पनि व्यक्तिगत ढङ्गबाट चलाएको भन्दै पार्टीमा चर्को असन्तुष्टि हुँदै आएको छ । यसरी असन्तुष्टि पोख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्र राज जोशीलगायत छन् । यी नेताहरूले छुट्टा छुट्टै समूह बनाएर आफ्ना गतिविधि नै चलाएका छन् । यसले गर्दा भातृ सङ्गठनमा समेत देउवाको पकड कमजोर हुँदै गएको छ ।

आफूप्रति तीव्र असन्तुष्टि र आलोचना बढेपछि देउवाले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा अब काँग्रेसलाई एक नम्बरको पार्टी नबनाएसम्म विश्राम नलिने बताएका थिए । उनले गत असारमा हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलामा पनि काँग्रेसलाई एक ढिक्का र एक नम्बरको पार्टी बनाएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । तर देउवाले जनाएका यस्ता प्रतिबद्धताप्रति देउवाइतरका नेता कार्यकर्ता विश्वस्त हुन भने सकेका छैनन् ।

१३औँ महाधिवेशनमा नेता रामचन्द्र पौडेल देउवासँग सभापतिमा पराजित भएका थिए । पौडेल पराजित भएसँगै काँग्रेसमा देउवा र पौडेल समूह सक्रिय भए । देउवा र पौडेलका अलवा काँग्रेसमा सिटौला समूह र प्रकाशमान सिंह समूह पनि सक्रिय हँुदै गएका छन् । काँग्रेसमा देउवाको स्वेच्छाचारी शैली हाबी भएको भन्दै अघिल्लो महाधिवेशनमा देउवालाई समर्थन गरेका नेताहरूले समेत समूह परिवर्तन गरेर देउवा विरोधी खेमा समातेपछि देउवाको पकड गुम्दै गएको विश्लेषण हुन थालेको छ ।

महासमिति बैठकको मिति तोकिने

महासमिति बैठकको मिति तय गर्न काँग्रेसले केन्द्रीय समिति बैठक भदौ ८ गतेलाई बोलाएको छ । केन्द्रीय समिति बैठकमा महासमिति बैठकको तयारीका बारेमा छलफल हुने र त्यही बैठकले मितिसमेत तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । त्यस्तै काँग्रेसले विधान मस्यौदा समिति गठन गर्ने अन्तिम तयारी गरेको छ ।

यद्यपि मस्यौदा समितिको केन्द्रीय समिति बैठकबाटै घोषणा गर्ने वा अघि नै गर्ने भन्ने निश्चित भइनसकेको प्रवक्ता शर्माले बताए । ‘केन्द्रीय समिति बैठकमा विभिन्न राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनहरू प्रस्तुत हुन्छन् । ती प्रतिवेदनमा छलफल गर्दा के निष्कर्ष आउँछ, त्यही निर्णय गरिन्छ’, प्रवक्ता शर्माले रातोपाटीलाई बताए । काँग्रेसले महासमिति बैठकलाई पार्टी महाधिवेशनको पूर्वतयारीसमेत भनेको छ । महासमिति बैठकबाट विधान परिवर्तन हुने भएकाले यसलाई काँग्रेसीहरूले महत्वका साथ हेरेका छन् ।

काँग्रेसको विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने हुन्छ । तर महाधिवेशनपछि काँग्रेसको महासमिति बैठक अहिलेसम्म बसेको छैन । यो बैठक बोलाउन सभापति शेरबहादुर देउवाले चासो नै नदेखाएको भन्दै धेरै नेताले देउवाको विरोध गर्दै आएका थिए । कतिपयले महासमिति बैठक बोलाउन ढिला गरेर सभापति देउवाले आफ्नो चार वर्षे कार्यकाल लम्ब्याउन खोजेको त होइन भन्दै प्रश्न गरेका थिए ।

गत बैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले नै भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । तर देउवाले भदौ लाग्दासमेत बैठक नबोलाएपछि फेरि पनि षड्यन्त्र हुन लागेको भन्दै पौडेल पक्षले तत्काल केन्द्रीय समिति बैठक बोलाउन अल्टिमेटम दिएका थिए । पौडेलको अल्टिमेटमपछि देउवाले भदौ ८ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको नेताहरूले बताएका छन् । काँग्रेस नेताहरुका अनुसार भदौमा महासमिति बैठक सम्भव नभए असोज पहिलो सातालाई मिति तोक्ने तयारी भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -