- ADVERTISEMENT -

महासमिती बैठकमा चिसोमा सेल्फी र मोबाइलमा मस्त

December 17, 2018
845
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ पौष २०७५ । अरु दिनको तुलनामा आज काठमाडौंमा चिसो बढेको छ । पुसको महिना भएकाले बाहिरी मौसम चिसिँदो थियोे । यही बेला देशभरबाट आएका महासमिति सदस्यहरु काठमाडौंको चिसोमा साक्षात्कार गरिरहेका छन् ।

रामशाहपथमा सुरु भएको महासमिति बैठकका लागि काठमाडौं आएका उनीहरु दैनिक त्यहीँ भेला हुने गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

महासमिति सदस्यहरुको अलवा बैठकस्थलमा काँग्रेस समर्थक शुभेच्छुकहरुको पनि बाक्लै उपस्थित हुने गरेको छ । जसले गर्दा सिंहदरवार अगाडिको ट्राफिक कार्यालय आसपासमा निकै भीडभाड छ । तर, समयमा बैठक सुरु नहुने, कार्यतालिका अनुसार प्रतिवेदनहरुमाथि छलफल नहुने गर्दा सहभागीहरुलाई पट्यार लाग्न थालेको छ ।

सोमबार दिउँसो बैठकस्थल पुग्दा कोही सेल्फी खिच्न व्यस्त देखिन्थे भने कोही फेसबुकमा मस्त भेटिए ।

कोही निदाएका त कोही हाई काड्दै गरेका दृश्य पनि देखिए । पत्रिका पढेर समय बिताउने पनि भेटिए । कतिपयले आफ्ना माग पूरा गराउने माध्यम महासमितिलाई ठानेर आफ्ना मागहरुमा नेताहरुका आँखा

परुन् भनेर पार्किङका सवारी साधनमा लेखेर टाँसेको देखिन्थ्यो । Ratopati

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -