- ADVERTISEMENT -

“महाशिवरात्री तथा सेना दिवस” को उपलक्ष्यमा नेपाली सेनाद्वारा वृहत प्रदर्शनी हुँदै

February 10, 2020
1802
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २७ माघ २०७६ । “महाशिवरात्री तथा सेना दिवस” को उपलक्ष्यमा नेपाली सेनाको आयोजनामा “इतिहासदेखि वर्तमानसम्म बृहत प्रदर्शनी” २०७६ को आयोजना गरिने भएको छ ।

इतिहासदेखि वर्तमानसम्म नेपाली सेनाले गरेका बिभिन्न गतिबिधिका बारेमा जानकारी गराउने उदेश्यले यहि फागुन १,२ र ३ गतेका दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जंगी अड्डा, नेपाली सेनाको ब्यारेक, भद्रकाली काठमाडौँमा तीन दिन सम्म प्रदर्शनी हुने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रदर्शनीमा फोटो प्रदर्शनी, हतियार तथा उपकरण प्रदर्शनी, विभिन्न तहमा भर्ना सम्बन्धी जानकारी, खेलकुद तथा पर्वतारोहण सम्बन्धी प्रदर्शनी, बिकास निर्माणमा नेपाली सेनाको सहभागिता, पदिक फौज तथा विभिन्न मद्दती अंगहरुको प्रदर्शनी, संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा नेपाली सेनाको सहभागिता सम्बन्धी विभिन्न जानकारी, सैनिक ब्यान्ड प्रदर्शनी, विशेष फौज सम्बन्धी प्रदर्शनी, एकीकरण पदमार्ग जगेर्नामा नेपाली सेना, घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी, सैनिक पोशाक तथा उपकरणहरुको प्रदर्शनी, नेपाली सेनाका अन्य विविध गतिविधि सम्बन्धी प्रदर्शनी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा सम्बन्धी गतिविधि प्रदर्शनी लगायत अन्य विभिन्न प्रदर्शनी रहने नेपाली सेनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -