- ADVERTISEMENT -

महतोलाई शहीद घोषणा गर्न कांग्रेसको माग

October 30, 2018
1361
Shares
- ADVERTISEMENT -

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्लाही निर्वाचन क्षेत्र नं. ४ का ५५ वर्षीय रामविलास महतोको हत्या घटनालाई लिए सुरक्षा व्यवस्था माथि प्रश्न उठाएको छ ।

मंगलबार कांग्रेसले विज्ञप्ति जारी गरि कुटपिटको घट्नाबाटै संभावित हाताहाति बारे प्रशासन चनाखो हुनुपर्नेमा नेकपाको डर, त्रासमा प्रहरीले सुरक्षा प्रदान गर्न नसक्नु दुःखद भनेको छ ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्तिमा ‘यस घटनालाई नेपाली कांग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिएको छ र नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छ । साथै, यस्ता घटना भविष्यमा पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस नेकपालाई चेतावनी समेत दिन चाहन्छ’ भनिएको छ ।

कांग्रेसले मृतकलाई शहीद घोषणाको माग गरेको छ । यस्तै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न तथा घटनामा संलग्नहरुलाई कडा कार्वाही गर्न सरकारसँग माग गरिको छ ।

- ADVERTISEMENT -

Advertisement

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई बुधबार सर्लाही जान निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । पुर्व गृह मन्त्री समेत रहेका निधि बुधबार सर्लाही जाने बताइएको छ ।

मंगलबार बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा वडा नं. ४ का वडा अध्यक्ष राम नरेश महतोको काका राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको थियो ।

उक्त घटनामा एकै वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागेको छ । यस्तै घाइते लिन गएको एम्बुलेन्स समेत उनीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -