- ADVERTISEMENT -

मलेसियामा सेक्युरिटी गार्ड कुटपिट प्रकरण : दुवै अवैध नेपाली कामदार

August 3, 2020
1198
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, १९ साउन २०७७ । मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको खुलेको छ ।

सोमबार मलेसियास्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा भाईरल भएको कुटपिटको भिडियोमा रहेका दुबै जना नेपाली नागरिक भएको कुरा पुष्टि गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

‘उक्त भिडियोबारेमा ३० जुलाईको मध्यरातमा राजदूतावासमा जानकारी आउनासाथ राजदूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन PIKM लाई खबर गरी सत्य तथ्य बुझ्न अनुरोध गरेको थियो। PIKM ले ३१ जुलाईको विहान प्रहरीमा उजुरी दर्ता गर्‍यो भने राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्‍यो’ जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पीडित र पिडक दुबै जना राजदूतावासको सम्पर्कमा आउनु भयो। दुबै जना नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ।’

दूतावासका अनुसार कपिलबस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए। दुवै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको पाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -