- ADVERTISEMENT -

मन्त्री बिष्टको निर्देशनपछि शनिबार पनि पाइने भयो श्रम स्वीकृति

November 3, 2018
1761
Shares
- ADVERTISEMENT -

काठमाडौं, कात्तिक १७

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले कुनैपनि बहानामा काममा ढिलासुस्ती हुन नहुने र सहजताका साथ सेवाग्राहीले सेवा पाउने बातावरण हुनुपर्ने निर्देशन दिनुभएपछि बिभागले यस्तो निर्णय लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।

उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ । ‘मन्त्रीज्यूको निर्देशनपछि सेवा सहजताका लागि शनिवार पनि श्रम स्वीकृतीका लागि कार्यालय खोल्ने निर्णय गरिएको हो,’ बिभागका एक पदाधिकारीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -