- ADVERTISEMENT -

मन्त्रीले कुटे सचिव ,उल्टै प्रक्राउ गर्न प्रहरीलाई दिए निर्देशन

January 13, 2019
739
Shares
- ADVERTISEMENT -

२९ पौष २०७५ । देश नम्बर २ का आर्थिक मालिम तथा योजनामन्त्री बिजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर थप्पड हानेका छन् । मन्त्री यादवले आफुले भनेको एनजिओलाई छनौट नगरी अन्यलाई योजना दिएको भन्दै सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर र्दुव्यवहार गरेका हुन् ।

मन्त्रीको कुटाईबाट सचिवको गाला नै सुन्निएको छ । मन्त्रीबाट र्दुव्यवहार भएपछि सचिव झाले भने आफुले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि थप्पड हान्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

यता मन्त्रीले र्दुव्यवहार गरेपछि उल्टै उनले झालाई पक्रन निर्देशन दिएका छन् । कुटपिट भएलगत्तै झालाई प्रक्राउ गर्न मन्त्री यादवले प्रहरीलाई निर्देशन दिएका हुन् । उता मन्त्री यादवले भने आफुले सचिव झालाई र्दुव्यवहार नगरेको दाबी गरेका छन् ।

झाले पत्रकारहरुसंग रुँदै मन्त्रीले यादवले उनले भनेको एनजिओलाई योजना नपारेको भन्दै कुटेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -