- ADVERTISEMENT -

मनकामना केवलकारमा तीनवटा डब्बा (Gondola) थप

August 12, 2018
2332
Shares
- ADVERTISEMENT -

मनकामना, २०७५ साल श्रावण २७ गते आइतबार । मनकामना केवलकारमा तीनवटा डब्बा (Gondola) थप गरिएको छ । हालसम्म ३१ वटा डब्बामार्फत सेवा प्रदान गर्दै आएकोमा अब ३४ वटा डब्बा सञ्चालन हुने कम्पनीले जनाएको छ । तीनवटा डब्बा थपिएपछि एकदिनमै थप हजार यात्रुले सेवा पाउने मनकामना केवलकारको दाबी गरेको छ ।

कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले दिनुभएको जानकारीअनुसार हाल प्रतिघण्टा ६०० यात्रुले सेवा पाउँदै आएको र यसअनुसार ४८ सय यात्रु बोक्ने गरिएकोमा अब आठ घण्टामै ५८ सय यात्रुलाई सेवा प्रदान गर्न सकिने छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त कम्पनीले वार्षिक १० लाख भन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । यसक्रममा मर्मत हुँदै आएको मनकामना माईको मन्दिर पनि आगामी दशैँसम्ममा सम्पन्न हुने लक्ष्य रहेकोले यात्रुको सङ्ख्या बढ्ने निश्चित रहेको सो कम्पनीले दाबी गरेको छ ।

केवलकार स्थापना भएको लगभग दुई दशक अवधिमा यसरी पहिलोपटक डिब्बा थपिएको र अब वार्षिक १३–१४ लाख यात्रुलाई सुविधा दिन सकिने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -