- ADVERTISEMENT -

भ्रम छर्ने भन्दा चुरो कुरा पत्ता लगाउने तर्फ सबै निकायको अनुसन्धान केन्द्रीत गर्न पर्यटन मन्त्री अधिकारीको माग

January 7, 2019
1177
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुष २३

पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रकरणका कुनै पनि कागजपत्र आफ्नो टेबलसम्म नआएको बताउनु भएको छ । उहाले विगतमै बनेको कार्यतालिका अनुसार रकमको भुक्तानी भएको पनि स्पष्ट पार्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा भने पूर्ण रुपमा जिम्मेवारी लिने बताउनु भयो । ‘जहाज खरिद गर्ने सम्झौता हुँदाको बखत नै कुन समयमा कति रकम दिने भन्ने कार्यतालिका बनेको हो’ उहाले पत्रकार सम्मेलनमै भन्नुभयो,‘तपाईहरु पनि खोज्नुहोस्, कुन किस्ता कहिले दिने, कसरी दिने, नदिए के हुनेभन्ने सबै कुरा उल्लेख छ ।’ यद्यपी उहाले जहाज खरिदका कुनै पनि कागज आफ्नो टेबुलमा नआउने र केवल सचिवसम्म एक कागज आउने त्यो पनि विदेशी मुद्राको सटहीका लागि राष्ट्र बैंकलाई पत्र लेख्ने काम मात्र हुने स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले खरिदका क्रममा अन्तिम भुक्तानी दिने विषयमा महालेखा परिक्षकसग अनौपचारिक कुराकानीमा कुरा भएकै हो । ‘उहासग मन्त्रालयले राय भने मागेको होइन्, कुनै भेटघाटमा प्रसंगबस यो विषय उठेको थियो, त्यो बेला उहासँग सामान्य कुराकानी भएको हो,’मन्त्री अधिकारीले भन्नुभयो,‘त्यही कुरा मैले उपसमितिमा भनेको हुँ, अब उहाले विर्सनु भयो वा भन्न चाहानु भएन भने पनि यो विषयमा कुनै बहस गर्नुछैन । तर उहासग अनौपचारिक रुपमा कुराकानी भने भएकै हो ।’

सत्यतथ्य एक दिन बाहिर आउछ

सबै निकायले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने नै छन् । अनुसन्धानलाई प्रभावित पार्न पनि खोजेको होइन्, कसैप्रति पूर्वाग्रही हुनपनि जरुरत छैन । म संसदमा विश्वास गर्छु, म नियामक निकायमा विश्वास गर्छु । एक दिन दुई दिन भ्रामक कुरा प्रचार भएछ भने पनि एकदिन सत्य ठाउमा आउछ भन्ने विश्वास लिएको छु ।

नियत नै खराव हुनेहरुको भन्न त सक्दिन तर, सहि के हो भनेर खोज्नेहरुका लागि भने चाही र देशका लागि एकदम सहि ठाउमा पु¥याउछ भन्ने लागेको छ । खरिदका बिल किन दिएन भन्ने कुरामा म पनि बुझ्छु । पु¥याउनु पर्ने डकुमेन्ट पु¥याउन मन्त्रालयले सहयोग गर्छ ।

निगम डुबाउने षडयन्त्र

निगमलाई बदनाम गराउने वा भित्रै पनि यसलाई डुबाउने खेलमा केही शक्ति लागि रहेको छ । केही कर्मचारी साथी यसलाई माथि लैजान निक्कै मेहनतपूर्वक काम गरिरहनु भएको छ । गतललाई गलत भनेर दोषीलाई कारवाही गरेर अनियमिततालाई समाप्त पारेर, एउटा बलियो पाटर्नर खोजेर यसलाई माथि लैजानुपर्नेछ । निगमलाई आज होइन पहिला पनि डुबाउने खेल भएका छन् । केही पनि गर्न नसक्ने बनाएर डुवाउने खेलहरु छन् यसमा होसियार हुनुपर्दछ ।

नैतिक जिम्मेवारी

वायुसेवा निगमको अभिभावक पनि हो । यसका काम कारवाहीहरु मेरो जिम्मेवारी त भईहाल्छ । निगममा भएका कमि कमजोरीलाई हटाउने र राम्रोसग अगाडी बढाउने दायित्व हो । आवश्यकता अनुसार अहिले अर्को आयोग बनेको हो । न्यायीक समिति पनि बनेको छ । संसदीय समितिले पनि हेरेको छ । अन्तराष्ट्रिय समिति, लेखा समितिले पनि हेरेको छ ।

अख्तियारले पनि हेरिरहेकै छ होला । म अख्तियारलाई पनि आग्रह गर्न चाहान्छु । यसलाई राम्रोसँग हेरेर अनुसन्धान गर्नुहोस् । कुनै पनि दुविधा नागरिकको विचमा खडा भयो भने कुनै पनि यात्रा अगाडी जान सक्दैन । त्यसैले सबै निकाय मिलेर दुविधालाई समाप्त पार्ने, गतल कुरालाई अनियमिततालाई पिन प्वाइन्ट गर्ने, यसको भविष्यलाई सुनिश्चित बनाउने कार्यमा जुटौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -