- ADVERTISEMENT -

भ्रमण वर्ष सफल पार्न नेपालस्थित विदेशी राजदूतकाे प्रयास

January 2, 2020
1200
Shares
- ADVERTISEMENT -

काठमाडौं, २०७६ साल पौष १७ गते बिहिबार । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट भमण वर्ष २०२० सफल बनाउन प्रयास थाल्नुभएकाे छ ।

केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, विहीबार नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले नेपाल भ्रमण वर्षलाई सफल पार्न आव्हान गर्नुभएको छ । उहाँले अमेरिकी दूताबासले भ्रमण वर्षलाई सफल बनाउन अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी दूताबासले भ्रमणवर्षलाई सफल बनाउन एक महिने प्रचारात्मक अभियान चलाउने घोषणा गर्नुहुँदै यस्तो आव्हान गर्नुभएको हो । ट्वीटमा उहाँले लेख्नुभएको छ, “अमेरिकी दूताबासका कर्मचारीले नेपाल भ्रमण गर्दा सामाजिक सञ्जालमा तस्वीर र अनुभव साटनेछन्, पर्यटन प्रवद्र्धनका लागि यस्तो अभियान एक महिनासम्म चल्नेछ ।” राजदूत बेरीले ट्वीटरमार्फत् उक्त अभियानको घोषणा गर्दा नेपालको विभिन्न क्षेत्रमा आफूले गर्नुभएको भ्रमणको तस्वीर समेत राख्नुभएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको विभिन्न सम्पदा स्थल, जनकपुरधामको जानकी मन्दिर तथा हिमाली भूभागमा आफूले गर्नुभएको भ्रमणको तस्वीर उहाँले आफ्नो ट्वीटमा साझा गर्नुभएको छ । प्रचारप्रसारका निम्ति सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ट्वीटरमा अमेरिकी राजदूत बेरीका करीब चार लाख फ्लोवर छन् ।

त्यसैगरी, दूताबासले राजदूत बेरीले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा प्रचार गर्ने घोषणा गर्नुभएकोमा अभियानलाई सघाउन अमेरिकी मिशनका सबै सामाजिक सञ्जालमा प्रचार गर्ने जनाएको छ । दूताबासले नेपाल पर्यटन बोर्डलाई कार्यक्रम सफलताको शुभकामना समेत दिएको छ ।

दूताबासका अनुसार नेपालमा गत् वर्ष जनवरीदेखि अक्टोबर महिनासम्म करीब ७८ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -