- ADVERTISEMENT -

भिमसेन-३ नबज्योति मा. वि. को ३४ औ बार्षिक उत्सव समारोह सम्पन्न

January 26, 2020
1821
Shares
- ADVERTISEMENT -

गोरखा, के पी भट्ट, १२ माघ २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिका-३ मा रहेको नवज्योति माध्यामिक विधालयको ३४ औ बार्षिक उत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ ।

बिधालय व्यस्थापन समितिका अध्यक्ष रत्न प्रसाद पुडासैनीको सभापतित्वमा, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आथित्यतामा, छिमेकी विधालयका प्रधानाध्यापक , भिमोदय बहुमुखी क्याम्पसका प्रमुख विरेन्द्र पुडासैनी, भिमसेन थापा गाउँपालिकाका वडा अध्यक्ष लिलानाथ लामिछाने, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेबी, स्थानीय बासिन्दा लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै, उक्त समारोहमा बिधालयको नव-निर्मित भवन उद्घाटन गर्नुका साथै बिधालयको शैक्षिक, आर्थिक र भौतिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बिधालयमा एक वर्षभरि भएका गतिविधि, उन्नती प्रगति विवरण, विभिन्न कार्यहरुका बारेमा विधालयका प्रधानाध्यापक ठाकुर लामिछानेले प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका स्तरिय वतृत्वकला प्रतियोगिता, अन्तर रचनात्मक विभिन्न कार्यक्रम गर्नुको साथै प्रतियोगितामा विजय हुने विधार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विभिन्न दाताबाट प्राप्त भएको पुरस्कार पनि बिधार्थीलाई वितरण गरिएको शिक्षिका गिता सिम्खडाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले शिक्षा आजको प्रमुख आवश्यकता हो, आजको अवस्थामा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -