- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकाको आयोजनामा कृषकलाई अनुदानमा कृषि सामाग्री बितरण

January 25, 2021
846
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, १२ माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकाको आयोजनामा कृषकलाई अनुदानमा कृषि सामाग्री बितरण गरिएको छ ।

आर्थिक बर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्री एबम उत्कृष्ट कोदो उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज एक कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा ४० ओटा हाते ट्याक्टर , ५० प्रतिशत अनुदानमा ७ ओटा कोदो कुट्ने मेसिन र उत्कृष्ट कोदो खेती अनुदान अन्तर्गत ४० जना किसानलाई पाँच हजारका दरले नगद ( उत्कृष्ट कोदो खेती गर्ने किसानलाई  ) वितरण गरिएको कुबिर पौडेलले जानकारी दिनुभयो । उक्त अनुदान रकम तथा कृषि सामाग्री भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले बितरण गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -