- ADVERTISEMENT -

भारतीय राजदूत र ओली बिच भेट एकतामा भारतीय चासो अर्थपूर्ण ,

February 13, 2018
1705
Shares
- ADVERTISEMENT -

काठमाडौँः नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया अन्तिम अवस्थामा पुगेको बेला भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छ्न ।
माओवादीसँगको एकताप्रक्रिया टुंगो लाग्न लागेको अवस्थामा भएको यो भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । राजदूत पुरी र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
माओवादीसँगको एकताका लागि अन्तिम प्रक्रिया पुरा गर्ने काममा व्यस्त भएका अध्यक्ष ओलीसँग भेटेर राजदूत पुरी दुई दलको एकताबारे पनि चासो राखेका थिए ।
ओलीको सचिवालय स्रोतका अनुसार भेटका क्रममा राजदूत सिंहले सरकार गठनबारे विशेष चासो व्यक्त गरेका थिए । पुरीको चासोबारे जवाफ दिँदै ओलीले सरकार गठनमा गृह कार्य भइरहेको बताएका थिए । ओलीले निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने बताएका थिए ।
नेपालले आफ्नो संविधान आफैँले बनाएपछि रुस्ट भएको भारतले नेपालमा ६ महिना लामो नाकाबन्दी गरेसँगै अध्यक्ष ओलीसँग सम्बन्ध बिग्रिएको थियो । नयाँ संविधानको स्वागत समेत नगरेको भारतले नेपालमा वाम गठबन्धनले मंसिरमा भएको चुनावमा बहुमत ल्याएपछि अध्यक्ष ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेको हो ।
वाम गठबन्धनले बुहमत ल्याए यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्ष ओलीलाई तीन पटक फोन गरिसकेका छन् । फोनमा उनले अध्यक्ष ओलीलाई वाम गठबन्धनन विजयी भएकोमा बधाई दिएका छन् भने भावी प्रधाननमन्त्रीकारुपमा शुभकामना दिँदै सहकार्यका लागि तयार रहेको जनाउ पनि दिइसकेका छन् ।
यसअघि मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई पनि नेपालको निम्तोबिना नै विशेष दूतका रुपमा पठाएर ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए । संविधानको स्वागत नगरेका मोदीले नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउ दिएर संविधान पनि स्वीकारेको जनाउ दिइसकेका छन् ।अन्नपुर्ण वाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -