- ADVERTISEMENT -

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाउने भएपछि मुक्तिनाथ मन्दिर दुलहीजस्तै सिंगारियाे

May 10, 2018
1900
Shares
- ADVERTISEMENT -

बिहिबार, २७ बैशाख २०७५,
म्याग्दी/मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्ने भएपछि मुक्तिनाथ मन्दिर मन्दिरलाइ दुलहीजस्तै सिंगारिएको छ । मन्दिर आसपासमा सरसफाइ देखी लिएर वरपर नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेत उपस्थिति बाक्लो बनाइएकाे छ । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रियता देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।

भारतका विभिन्न धार्मिकस्थलको दर्शन गरी भारतमा रहेका हिन्दू धर्मालम्बीहरुको जीवनमा एकपटक पुग्नैपर्ने तीर्थस्थलमा मुक्तिनाथ पर्ने गरेकाले पनि नेपालका चार धाममध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षेनि भारतका विभिन्न प्रदेशबाट ठूलो संख्यामा दर्शनका लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।

- ADVERTISEMENT -

Advertisement

भारतीय तीर्थयात्री बेनी–जोमसोम सडकखण्ड हुँदै धेरै आउने गरेको बताए । ।हिन्दू धर्मालम्बी रहेका भारतमा विभिन्न प्रदेशमा मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीयलाई यातायातसहितका सुविधासमेत रहेको छ । नेपालका लागि भारतीय दूतावासबाट मुक्तिनाथ दर्शनका लागि आउने आफ्ना नागरिकको सुरक्षासहित आवासको सुविधालाई मध्यनजर गरी मुक्तिनाथ क्षेत्रमै सुविधासम्पन्न धर्मशाला बनाइदिएको छ ।

मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण र भूदेवीका मूर्ती रहेको मन्दिरमा हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रूपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका पूजारी र बौद्धका भुमाले आफ्नो परम्परा अनुसार पूजा र रेखदेख गर्ने प्रचलन छ । भारतीय भक्तजनले मन्दिरमा सुनसहित बहुमुल्य धातु दान गर्ने गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -