- ADVERTISEMENT -

भारतमा ५५ हजार बढी कोरोना संक्रमित

July 31, 2020
501
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, १६ साउन २०७७ । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ । अघिल्लो दिन पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोन संक्रमित थपिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख ५७ हजारभन्दा धेरै कोरानो संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -