- ADVERTISEMENT -

भाइरल भएका अर्जुन वि क पक्राउ

January 27, 2021
670
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, १४ माघ २०७७ । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

काठमाडौंको तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जबराले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -