- ADVERTISEMENT -

बौद्ध हिमाल युवा क्लबको “युवा सप्ताह सम्पन्न”

August 23, 2018
2053
Shares
- ADVERTISEMENT -

पालुङ्गटार,भाद्र ७ । अन्तर्राट्रिष्य युवा दिवसको अवसर पारेर पालुङटार नगरपालिका वडा नं. ५ को बौद्ध हिमाल युवा क्लबले युवा सप्ताह आयोजना सम्पन्न गरेको छ । साउन २८ गते शुरु भएको सप्ताहमा पालुङटारका युवा तथा विद्यार्थीहरुलाई मध्यनजर गर्दै उनीहरुमा रहेको प्रतिभाको प्रष्फुटन गर्ने वतावरण सृजना गरिएको थियो । वडा नं. ५ र आसपासका विद्यालयलाई समेट्ने गरि युवा सप्ताह मनाइएको थियो ।

भवानी माध्यमिक विद्यालय, यूनाइटेड इङ्लिस बोर्डिङ स्कुल, ठाँटिपोखरी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुल र गोरखा मोर्डन इङ्लिस बोर्डिङ स्कुल, हवाई ग्राउण्डका कक्षा ८,९ र १० कक्षामा अध्यायनरत विद्यार्थीहरुलाई सप्ताहमा सहभागि गराईएको थियो ।

- ADVERTISEMENT -

Advertisement

युवा सप्ताहमा निबन्ध लेखन प्रतियोगिता, बाद विवाद प्रतियोगिता, कविता प्रतियोगिता, वक्तित्व कला प्रतियोगिता, कोलाज मेकिङ प्रतियोगिता र ट्रेजर हन्ट प्रतियोगितामा चार विद्यालयका ५० भन्दा बढी विद्यार्थी सहभागि थिए ।

“वैदेशिक रोजगार लिनु भन्दा गाँउमै कृषक बन्नु राम्रो” भन्ने शीर्षकको पहिलो चरणको वाद विवाद प्रतियोगितामा सुमह ए बाट भवानी मा.वि. लाई पछि पार्दै युनाइटेड र समुह बी बाट ठाँटिपोखरी बालज्योतिलाई पछि पार्दै गोरखा मोर्डन फाइनलमा प्रवेश गरेका थिए । हवाई ग्राउण्डको गोरखा मोर्डन इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको पहिलो चरणको बाद विवाद र निबन्ध लेखनमा चार विद्यालयका २४ विद्यार्थी सहभागि थिए । त्यस्तै प्रन्येक विद्यालयको तीन जना प्रतिनिधि रहेको निबन्ध लेखनको शीर्षक “२० वर्ष पछिको पालुङटार” राखिएको थियो ।

युवा सप्ताह अन्तर्गत नै यूनाइटेड इङ्लिस बोर्डिङ स्कुलमा आयोजित बाद विवाद प्रतियोगितामा “संघियता बिकास कि विखण्डन” भन्ने शीर्षकमा गोरखा मोर्डनलाई द्वितीय स्थानमा सिमित राख्दै यूनाइटेडका सुजल प्रधान, सुप्रिम गिरी र लक्ष्मण गिरीले आफ्नो विद्यालयलाई अब्बल ठहराए ।

सोही सप्ताहको तेस्रो कार्यक्रम कविता प्रतियोगितामा भवानी मा.वि.की सीजन बाँनिया क्षेत्रीलाई द्वितीय र यूनाइटेडकी लक्ष्मी गिरीलाई तृतीय स्थानमा खुम्चाउदै गोरखा मोर्डनकी अस्मिता गुरुङको ‘बाल अधिकार’ नामक कविता उत्कृष्ठ हुन सफल रह्यो । भवानी मा.वि. मा आयोजित उक्त कविता प्रतियोगितामा प्रत्येक विद्यालयबाट दुई जना प्रतिनिधीले भाग लिएका थिए ।

त्यसैगरी, ठाँटिपोखरी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुलमा आयोजित वक्तित्व कला प्रतियोगितामा ठाँटिपोखरी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुलकै अनु श्रेष्ठ तृतीय, भवानी मा.वि.काी सीजन बाँनिया क्षेत्रीद्वितीय र यूनाइटेडका सुप्रिम गिरी प्रथम हुन सफल भए । “पालुङटारको विकासमा पर्यटनको महत्व” शीर्षकको वक्तित्व कला प्रतियोगितामा सहभागीहरुले पालुङटार भित्र रहेका पर्यटकीय महत्वका विषयहरुमा प्रकाश पारेका थिए । युवा सप्ताहको अन्तिम दिन भाद्र २ गते दुई ओटा कार्यक्रम सम्पन्न गरिएको थियो ।

फोहरबाट मोहर शीर्षकमा गरिएको कोलाज मेकिङ र खजनाको खोजि ट्रेजर हन्टले ठाँटिपोखरी बजार तताएको थियो । ५÷५ जना सहभागी ट्रेजर हन्टमा सात ओटा क्ल्यूलाई पछ्याउदै खजना भेट्याउन यूनाइटेड स्कुुल सफल भयो ।

पालुङटारमा नै पहिलो पटक आयोजित भिन्न शैलिको कार्यक्रमले युवा तथा विद्यार्थीहरुको प्रतिभालाई थप उचाईमा पु¥याउन सहयोग पुगेको आयेजक बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले बताए । गिरीले प्रत्येक सहभागी विद्यालयमा एक एक वटा कार्यक्रम आयोजना गरि, विद्यार्थीहरु र विद्यालयहरुके सम्बन्ध झनै समुधुर भएको जिकिर समेत गरे । यस युवा सप्ताहका ६ वटा कार्यक्रम मध्ये प्रथम हुनेलाई ३ अंक, द्वितीय हुनेलाई २ अंक, र तृतीय हुनेलाई १ अंक प्रदान गरि, सबैभन्दा धेरै अंक ल्याउनेलाई उत्कृष्ट विद्यालयलाई क्लबको वार्षिक कार्यक्रमका अवसरमा पुरस्कार वितरण गरिनेछ ।

बादविवाद प्रतियोगितामा आँखा नेपालका संस्थापक मेहश दुलाल, द्धन्द्ध, शान्ति तथा विकास अध्यायनमा स्नाकोत्तर गर्दै गरेका अर्जुन पौडेल र क्लबका अध्यक्ष निर्णायकको भुमिकामा बसेका थिए । त्यस्तै स्पन्दन साहित्य समाज लम्जुङकी सम्पादन मण्डल सदस्य सन्जु पंगेनी, क्रियटिभ थिङ्करर्स सोसाईटीका संस्थापक अध्यक्ष कमल खत्री र किरण गिरीले कविता प्रतियोगिताको निर्णायकको भुमिका निर्वाह गरेको थिए ।

सप्ताहको चौथो कार्यक्रम वक्तित्व कलामा भने क्रियटिभ थिङ्करर्स सोसाईटीका अध्यक्ष अमृत पोखरेल, युथ फर एग्री वेलफेयरकाी अध्यक्ष ईशा पौडेल, सुनौले खबर साप्ताहिक तथा पालुङटार एफ्.एम्का ब्यबस्थापक सुजन न्यौपाने र क्लबका अध्यक्ष किरण गिरीले गरेका थिए । सप्ताहको दुई कायक्रम निबन्ध लेखन र कोलाज मेकिङको भने नतिजा प्रकाशन गर्न बाँकी नै रहेको आयोजकले जानकारी दिएको छ ।

यसका साथ साथै क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको तीज गीत प्रतियोगिताको मिति र शीर्षक घोषणा गरेको छ । यहि भाद्र २७ गते ठाँटिपोखरी बजारमा हुने वार्षिक कार्यक्रमको तीज गीत प्रतियोगिताको शीर्षक“अबको आवश्यकता “कृषीमा अधुनिकता र उद्यमशीलता” घोषणा गरिएको छ ।

 

 

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -