- ADVERTISEMENT -

बैशाखमा चढ्न पाइने : पोखरामा केबलकारको काम अन्तिम चरणमा

January 25, 2020
669
Shares
- ADVERTISEMENT -

पोखरा, ११ माघ २०७६ । पोखराको सेदी देखि सराङकोट सम्म बन्दै गरेको अन्नपुर्ण केवलकार काम अन्तिम चरणमा पुगेको छ ।

केबलकार संचालनका लागि आवश्यक सबै सामाग्री आईसकेकोले आगामी बैशाखबाट केवलकार संचालन गर्ने आफुहरुको प्रयास रहेको संचालक मध्येका एक तिर्थराम त्रिपाठीले बताउनुभयो । केवलकार संचालन गर्न अब लठ्ठो राख्ने बाहेक अन्य सामान्य काम मात्र बाँकी रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

पोखराको पर्यटकिय फेवा ताल र सराङकोटलाई जोड्ने गरि निर्माण भईरहेको केवलकार २ हजार २ सय ७५ मिटर लम्बाई रहने छ ।

यसमा १८ वटा गोण्डला अर्थात डिब्बाहरु रहनेछन् । प्रत्येक डिब्बामा ८ जनासम्मको सिट क्षमता हुने निर्देशक त्रिपाठीको भनाई रहेको छ । अब छिटोभन्दा छिटो आफुहरुले केबलकार संचालनको तयारी गरिरहेको त्रिपाठीले बताउनुभयो ।

केवलकारको सराङकोट स्थित स्टेशनमा बेलुन रेष्टुरेण्ट, भ्यु टावर निर्माण भईरहेको छ ।

सेदी स्टेशमा भने गार्डेन सहित पार्कीङ लगायतका संरचना निर्माण भईसकेका छन् । सेदी बाट सराङकोट जोड्न केवलकारका १३ वटा पोलहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -