- ADVERTISEMENT -

बुर्ज खलिफामा नेपाली झन्डा

September 21, 2019
1172
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ असोज २०७६ । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ ।

स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइँदै,’ राजदूतावासको फेसबुक पेजमा लेखिएको छ ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -