- ADVERTISEMENT -

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुल्ला

November 18, 2020
691
Shares
- ADVERTISEMENT -

बुटवल,मंसिर ३ गते । कोरोना सन्त्रासका कारण लकडाउनसँगै बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ । लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार पर्यटकीय स्थलहरु खुला गर्ने सरकारको निर्णय गरेसँगै कोषको पदाधिकारी स्तरीय बैठकले लुम्बिनी क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो । कोरोना जोखिमका कारण चैत्र ११ गतेदेखि लुम्बिनी क्षेत्र बन्द गरिएको थियो ।

यस्तो निर्णयसँगै अब पर्यटकहरु मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा लगायतका स्थानहरुमा घुम्न सक्नेछन् । लुम्बिनी क्षेत्र खुल्ला गरिएपनि मायामादेबि मन्दिर भने अझै खुल्ला गरिएको छैन् । योजना प्रमुख भट्टराईले तत्कालका लागि मन्दिर खुल्ला गर्ने निर्णय भने नभएको बताउनुभयो । 
उहांका अनुसार लुम्बिनी क्षेत्र घुम्नेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । पर्यटकहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । बिभिन्न स्थानहरुमा ज्वरो नाप्ने,हातमुख धुने लगायतका ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन् । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -