- ADVERTISEMENT -

बालाजु औद्योगिक क्षेत्रको फोर्स मोटर ग्यारेजमा आगलागी

August 22, 2019
897
Shares
- ADVERTISEMENT -

काठमाण्डौं, ५ भदौ २०७६ । राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागि भएको हो ।

आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -