- ADVERTISEMENT -

बाढीपहिरो पिडितलाई उद्धारका लागि सबै उपाय अबलम्बन गर्ने सरकारको निर्णय

July 11, 2020
645
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, २७ असार २०७७ । सरकारले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सबै उपाय अबलम्बन गर्ने भएको छ । उद्धार गरेपश्चात राहत र पुनर्स्थापनामा ध्यान दिने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनाका काम सूचारु गर्ने निर्णय गरेको छ । अहिलेसम्मका प्रभावित र घरबार विहिन भएकालाई विद्यालयसहित सार्वजनिक भवनहरुमा राख्ने निर्णय पनि गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कोरोना महामारीका कारण देशभरका विद्यालय संचालनमा नआएकाले त्यहा राख्ने विषयमा छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनफकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले उक्त निर्णय गरेको हो । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उहाको भनाइ छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए । बाढी र पहिरोमा परेर शुक्रबार अपरान्हसम्म् २३ जनाको मृत्यु, ३६ जना बेपत्ता र २६ जना घाइते छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -