- ADVERTISEMENT -

बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त

December 8, 2019
738
Shares
- ADVERTISEMENT -

कोहलपुर, २२ मंसिर २०७६ । ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भए पछि बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त बनेको छ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिदा १२ बर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन्।

- ADVERTISEMENT -

Advertisement

कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि तोडफोड र आगजानी भएको छ। घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना पछि आक्रोशित विद्यार्थीहरुको समूहले ट्रक तोडफोड र आगजनी गरेका छन्। आक्रोशित विद्यार्थीले नेपालगञ्ज कोहलपुर सडकमा कयौँ गाडीमा तोडफोड गरेका छन्।

तनाव बढे पछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। त्रिभूवन मावि देखि सुरु भएको तनाव कोहलपुर बजार चोक सम्म नै पुगि सकेको छ। प्रहरी माथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्।

भीड तितरबिर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खन्निए पछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ। झडप पछि सडक ठप्प छ। तनाव बढे पछि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्ज बाट प्रहरीको थप बल मगाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -