- ADVERTISEMENT -

बविन स्मृति ब्याडमिन्टन सुरु

February 21, 2020
594
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ९ फागुन २०७६ । किङकम स्पोर्ट्स क्लबको आयोजनामा १० औं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिता आज शुक्रबारदेखि भीमसेनगोला मार्गस्थित कृष्ण मन्दिरको परिसरमा सुरु भएको छ ।

पहिलो दिन पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको एक समारोहका बिच औपचारिक उद्घाटन गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा पुरुष डबल्स र भेट्रान डबल्स गरी २ स्पर्धा समावेश छन् ।

पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -