- ADVERTISEMENT -

बन्दाबन्दीमा शैक्षिक क्षेत्र : पर्ख र हेरकै अवस्था आखिर थाहा छैन ?

May 24, 2020
689
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ११ जेठ २०७७ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन ।

यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेर’कै अवस्थामा रहेकोप्रति अभिभावकले गुुनासो गर्न थालेका छन् । अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”

- ADVERTISEMENT -

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताउनुभयो । सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

बन्दाबन्दी कायमै रहेको अवस्थामा सिकाइलाई निरन्तरता के कसरी दिने ? खुलेपछि विद्यालय कसरी अगाडि बढ्ने तथा यसको दीर्घकालीन प्रभावका बारेमा योजना नबन्नु दुःखलाग्दो भएको अभिभावक कविता काफ्ले बताउनुहुुन्छ । “कोरोना प्रभाव बढ्दै जाँदा के गर्ने भन्नेबारेमा सम्बद्ध निकाय र विज्ञहरू मौन रहनु उचित होइन’’, उहाँले यो विषयमा मिडियाले ध्यान दिन नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।

बन्दाबन्दी भएको दुई महिनाको अवधिमा माध्यमिक तहको स्थगित परीक्षा सञ्चालन, सिकाइको निरन्तरता, विद्यार्थी भर्ना, पाठ्यपुस्तकको उपलब्धतालगायत विषयमा कुनै ठोस नीतिगत निर्णय हुन सकेको छैन । सङ्क्रमणको क्रम बढ्दै गएको तथा बन्दाबन्दीसमेत कायमै रहेको अवस्थामा शिक्षा क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको शिक्षाका उच्च तहका अधिकारीहरूले बताउनुभएको छ ।

नेपालमा विद्यालय कहिले खुल्छ, कुन आधारमा विद्यालय खोलिन्छ भन्ने कुरा कोरोनाको अवस्था र त्यसका विशेषज्ञको सुझावमा आधारित रहने जनाइएको छ । तथापि आफूहरू अब सङ्क्रमण अन्त्य भएर विद्यालय खुल्दा कसरी जाने भन्ने हिसाबले मुख्य छलफलमा केन्द्रित रहेको उहाँको भनाइ छ ।

जेठको तेस्रो हप्तासम्म शिक्षाको प्रारम्भिक खाका आउने अनुमान शिक्षाका अधिकारीहरूले गरेका छन् । जेठ १५ गते सार्वजनिक हुने सरकारको बजेट, त्यसमा स्पष्ट हुने शिक्षाका खाका एवं कार्यक्रम तथा बन्दाबन्दीका विषयमा सरकारले लिने निर्णयले शिक्षा क्षेत्रलाई निर्देशित गर्ने अधिकारीहरूको बुझाइ छ । कक्षा ११ र १२ को पठनपाठनलाई खासै प्रभावित नपारेको र माध्यमिक शिक्षा परीक्षा (एसईई) को विषयले मात्र धेरै विद्यार्थी र अभिभावकलाई चिन्तित बनाएको उहाँको भनाइ छ ।

यस अवधिमा पुस्तकलाई पनि अत्यावश्यक सामग्रीका रूपमा लिएर ढुवानीको प्रबन्ध गरिएको भन्दै प्रवक्ता शर्माले यसबाट विद्यालय खुलेपछि शैक्षिक गतिविधि अघि बढाउन सहज हुने विश्वास लिइएको बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले पुस्तक छपाइ र सम्बद्ध क्षेत्रीय कार्यालयसम्म पु¥याउने कार्यमा आफूहरू जुटिरहेको जानकारी दिनुभयो । हालसम्म झन्डै ७५ प्रतिशत पुस्तक पु¥याइसकिएको उहाँको भनाइ छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -