- ADVERTISEMENT -

बढदै हुन्डी कारोवार, ८३ लाखसहित समातीय पाँच हुन्डी कारोबारी

January 7, 2019
1042
Shares
- ADVERTISEMENT -

जनकपुर, २३ पौष २०७५ । गैरकानुनी आर्थिक कारोबार (हुन्डी) मा संलग्न पाँच जनालाई ८३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ११ किसोरीनगरबाट सोपरिमाणको अबैध रकमसहित हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेगाशिवपुरका ४३ वर्षीय विजय यादव, भारतको मधुवनी जिल्ला बासोपट्टी घर भइ हाल जनकपुर ११ बस्ने ४० वर्षीय सन्तोष महतो, पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर र ४० वर्षीय नरेश महतोलाई रहेका छन ।

पक्राउ परेकाबाट ८३ लाख ६२ हजार नगद नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुक र अन्य कागजातहरु बरामद गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

थपलियाका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -