- ADVERTISEMENT -

प्रधानमन्त्रीले सम्झिए पृथ्वीनारायण शाहलाई

October 16, 2018
1960
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३० असोज २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको बताएका छन्

सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘इतिहासको कालखण्डमा राजतन्त्रले खेलेको सकारात्मक भूमिका, नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान जस्ता प्रसंगहरुलाई स्मरण गर्न चाहन्छु।’ आजको दिनले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने कुरालाई प्रष्ट पारेको उनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नायिकत्व भूमिका निभाएको भन्दै ओलीले भने, ‘हाम्रो वैरभाव तानाशाहसँग थियो, इतिहाससँग होइन । नारायणहिटी दरबार एउटा इतिहास हो। त्यसकारण हामी इतिहासको सुरक्षा र संरक्षण गर्छाैं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -