- ADVERTISEMENT -

प्रदेशीलाई के साउने संक्रान्ति के माघे संक्रान्ति । केवल सम्झनामा ,

July 17, 2018
2706
Shares
- ADVERTISEMENT -

साउन १ ,२०७५

प्रदेशिको साउने सक्राँन्ती अतितको सम्झनामा                               सानो छँदा, लुतो फाल्नको लागि हतार हतार गर्दै कुरिलो, कुकुरदाईनो र विभिन्न कन्दमुल र फलफुल ल्याउने बहानामा बनपालेको सल्ला र सालको पातमा चिप्लिदै तल पुगेर बजारिएको याद अझै पनि मानस्पटलमा ताजै छन

          साउने सक्रांन्ति – लुतो फाल्ने दिन । यो दिन सुर्य दक्षिणयानबाट सक्रंमन भएर कर्कट रेखा माथि पुग्ने भएकोले साउने सक्रांतिलाई कर्कट क्रान्ति / सक्रांति पनि भनिन्छ । साउने सक्रांतिको दिन बर्षको सबैभन्दा लामो दिन र रात सबैभन्दा छोटो पनि हुन्छ । यो दिनबाट हिउद लाग्ने र मक्कर सक्रांतिको दिनबाट बर्षा लाग्ने मान्यता रहिआएको छ ।

- ADVERTISEMENT -

Advertisement

          साउने सक्रांतिको बिहान नजिकैको बन- जगलं तिर जाने र आवश्यक फल- फूल र झारपातहरु ल्याएर हरियो बाबियोको लामो दोरी बाटेर कागती , खुर्सानी ,अम्बक , आँपको पात ,पिपलको पात र हरियो मकै आदि बाबियोमा सिउरने गरिन्छ । यो दिन काण्डरक राक्षसको पुजा गरे लुतो , घाउ खटिरा नलाग्ने जनबिश्वास पनि छ। नसपाती , निम्बु , अनार र अम्बक आदि फलफूलले काण्डरक राक्षसको  पुजा गर्ने र उक्त बाबियोको तोरण घरवरिपरि घरको रक्षाहेतु लगाइने चलन चल्ती पनि छ। पुजा सके पछि मिठा मिठा परिकारहरु पकाएर खाने र खाइसके पछि बन्दुक पढकाउने , डोल ड्याग्रो , थाल र मादल आदि बजाएर काग भलायो , कुरिलो , पानीसरो , देवीसरो , पुरेनी र गलेनी आदि औषधिय बनस्पतिको दाउरा पोलेर अगुल्टो हान्दै भुत- प्रेत , बोक्सी डाइनी ,  र काचो वायु आदि घरबाट छेद निक्लेर जा … घरको अलक्ष्णि निस्केर जा … घरमा सहकाल आइज … उपिया जा रुपियाँ आइज ……लुतो  , घाउ खटिरा जा … घरको  रोग हैजा सबै साउने झरीले कसिंगर जस्तै पखालेर लैजा भन्दै , नांग्लो ठटाउदै , डोल ढ्याग्रो , शंख घन्टी आदि बजाउछन। धिमाल जातिमा त यो दिन दिनभरि जुवातास खेल्न पनि छुट छ। यसरी वर्षा कालबाट बाचियो , धान , कोदो पनि रोपियो , मकै आदि अन्न घरमा भित्राइयो अब हिउदो भरि खाने खेतीकाम पनि गरियो भनेर यो दिन बडो उल्लासको साथ सबै जातीले मनाउँछन।

           साउन महिना भरि हरियो , पोते , चुरा र मेहन्दी आदि लाएर शिवको पुजा अर्चना गर्नाले , भगवान शिव प्रशन्न भएर राम्रो पतिदेव पाउने र साथै पतिदेवको चिरआयु र सुस्वस्थ्यको लागि पनि महिलाहरु बिशेष चाख लिएर शिवको भक्ति  गर्छन । अरु महिनाको तुलनामा सावन महिना हिन्दु नारीहरु हरियो कपडा , चुरा , मेहन्दी आदि ज्यादा सावनमा लाउने भएकोले चुरटेको पसलमा यस्ता चिजहरुको बजारमा बिशेष माग रहन्छ ।

          बैज्ञानिक , ज्योतिष , साँस्कृतिक र धार्मिक महत्त्व बोकेको साउने सक्रांति हाम्रो निम्ति एक विशेष महत्त्वको चाड हो र यस सम्बन्धमा अझै धेरै खोजहरु हुन आजको आवश्यक्ता हो । । ओम  पाण्डे, साउदी अरब।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -